विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो



एजेन्सी,वैशाख-११ । कोरोनाका कारण  विश्वभर मृत्यु हुनेको संख्या एक लाख ८४ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार कोरोनाभाइरसको महामारीबाट  एक लाख ८४ हजार ३ सय २६ जनाको मृत्यु भएको छ भने भाइरस संक्रमितको संख्या भने २६ लाख ४५ हजार पुगेको छ ।

बिहीबार मध्याह्नसम्म संयुक्तराज्य अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। त्यहाँ ४७ हजार ६ सय ८१ जनाले  ज्यान गुमाएका छन। योसगै युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ११ हजार २ सय ७८ जना पुगेको छ ।

युरोपेली देश अन्तर्गत  इटालीमा २५ हजार ८५ जनाको मृत्यु भएको छ भने स्पेनमा २१ हजार ७ सय १७ जनाले ज्यान गुमाएका छन्।त्यस्तै  फ्रान्समा २१ हजार ३४०, बेलायतमा १८ हजार १०० जना, बेल्जियममा ६ हजार २६२ जना, जर्मनीमा ५ हजार ३१५ जना, नेदरल्यान्ड्समा ४ हजार ५४ जना, स्वीडेनमा १ हजार ९३७ जना, स्वीट्जरल्यान्डमा १ हजार ५०९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ३९१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा २ हजार ९३२ जना, मेक्सिकोमा ९७० जना, भारतमा ६८१, इन्डोनेसियामा ६३५ जना, रसियामा ५५५ जना, इक्वेडरमा ५३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्