कोरोनाका कारण ज्यान जानेको संख्या १ लाख ९२ हजार नाघ्यो



एजेन्सी,बैशाख-१२ । कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ लाख ९२ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ९२ हजार  १ सय ५३ पुगेको हो । भाइरस  संक्रमितको संख्या भने बिश्वभर २७ लाख ४८ हजार ९ सय ३८ पुगेको छ । भाइरस संक्रमण भएर पनि उपचारपछि घर फर्किएकाहरुको संख्या भने ७ लाख ५७ हजार ६ सय ३४ जना रहेका छन् । संक्रमणबाट ५८ हजार ७ सय ९ जनाको भने अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ज्यान गुमाउनेको संख्या अमेरिकामा रहेको तथ्यांकले देखाएको छ।अमेरिकामा ५० हजार २ सय ४३ जनाको मृत्यु भएको छ भने  त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाको ज्यान गइसकेको छ।

त्यस्तै इटलीमा २५ हजार ५ सय ४९, फ्रान्समा २१ हजार ८ सय ५६, बेलायतमा १८ हजार ७ सय ३८ र बेल्जियममा ६ हजार ६ सय ७९ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्