कोरोनाबाट ज्यान जानेको संख्या १ लाख ९८ हजार नाघ्यो



एजेन्सी,बैशाख-१३ ।विश्वभरी कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १ लाख ९८ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरस बाट मृत्यु हुनेको संख्या १ लाख ९८ हजार ६३ पुगेको हो ।

भाइरस संक्रमितको संख्या भने २८ लाख ४९ हजार १ सय ७२ पुगेको छ । त्यसमध्ये भाइरसबाट मुक्ति पाई घर फर्कनेको संख्या ८ लाख १२ हजार १ सय ३७ जना पुगेको छ।भाइरस संक्रमितमध्ये ५८ हजार ३ सय ३ जनाको अवस्था भने गम्भीर रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ।पछिल्लो डाटा अनुसार अमेरिकामा ५२ हजार २ सय १७ जनाले भाइरसका कारण ज्यान गएको च्यानल छ।त्यस्तै स्पेनमा २२ हजार ५ सय २४, इटलीमा २५ हजार ९ सय ६९, फ्रान्समा २२ हजार २ सय ४५ र बेलायतमा १९ हजार ५ सय ६ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्