कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो



एजेन्सी,बैशाख-१४ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार २९ जना पुगेको हो ।

अहिलेसम्म यो भाइरसका कारण २९ लाख १५ हजार २ सय ७९ जना संक्रमित भएका छन् । यद्यपि भाइरस संक्रमितमध्ये ८ लाख ३४ हजार ४ सय १४ जना निको भएर घर फर्किसकेका  छन् । उपचाररत करिब १८ लाख ४८ हजारमध्ये करिब ५८ हजारभन्दा बढिको अवस्था भने चिन्ताजनक छ।

सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको यो भाइरसका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अहिलेसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ । अहिलेसम्म अमेरिकामा ५२ हजार ८ सयभन्दा बढिको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या ९ लाख ३० हजार बढी पुगिसकेको छ ।

चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १० देशमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्