कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ७३ पुग्यो



एजेन्सी,बैशाख-१५ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार९ सय ७३ पुगेको हो । संक्रमितको संख्या भने बढेर २९ लाख ९४ हजार ४ सय ३६ पुगेको छ । यो संख्या दिनानुदिन वृद्धिका क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

संक्रमितमध्ये ८ लाख ७८ हजार ७ सय ७ जना सफल उपचारपछि घर फर्किएका छन् । अहिले उपचार गराइरहेका १८ लाख ९३ हजार २ सय ४६ जनामध्ये ५७ हजार ५ सय ५२ जनाको अवस्था गम्भीर छ ।

बितेको  २४ घन्टामा अमेरिकामा ६ सय ८५ जनाको मृत्यु भएको छ भने  स्पेनमा २ सय ८८, इटलीमा २ सय ६०, फ्रान्समा २ सय ४२, बेलायतमा ४ सय १३ र बेल्जियममा १ सय ७७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्