बलिउड नायक इरफान खानको निधन



एजेन्सी,बैशाख-१७। चर्चित बलिउड नायक इरफान खानको निधन भएको छ ।मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको ५३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा खराबी देखिएपछि उनलाई  अम्बानी अस्पतालको आइसीयूमा राखेर उपचार गरिँदै थियो ।उनी न्यूरोइन्डोक्राइन ट्युमरबाट पीडित थिए।

भारतस्थित जुम टिभीले उनको निधनको पुष्टि गरेको समाचार प्रसारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्