वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव



काठमाडौं,  बैशाख-१८ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा  उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सार्नुभएको छ।

त्यस्तै अर्का बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव समेत  अघि सारेका छन् । तत्काल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण चलिरहेकाले अहिले यस बिषयमा विवाद नगर्न समेत आग्रह प्रधानमन्त्री ओलीले गरेका छन्।कोरोना भाइरस को संक्रमण सकिएपछि आफू प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको समेत ओलीको भनाई छ । उनले प्रधानमन्त्रीमा भने गौतमको नाम अघि सारेका थिए ।

यता प्रतिनिधि सभा सदस्य मात्रै प्रधानमन्त्री बनाउन सकिने भन्दै संविधानत पालना गर्नुपर्ने भनाइ नेताहरूले राख्दै आएका छन्।

सचिवालय बैठक भने आगामी २० गते बस्ने समय तालिका तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्