कोरोनाबाट ज्यान जानेको संख्या २ लाख २८ हजार नाघ्यो



काठमाडौं,बैशाख-१८ । कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान जानेको संख्या २ लाख २८ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख २८ हजार  १ सय ९४ पुगेको छ । भाइरस संक्रमितको संख्या भने ३२ लाख १९ हजार २ सय ४२ पुगेको छ ।

भाइरस संक्रममित मध्ये १० लाख बढी उपचारपछि घर फर्किएका छन्।पछिल्लो तथ्यांकअनुसार उपचारपछि घर फर्किनेको संख्या पनि वृद्धि भएको छ। संक्रमित मध्ये  ६० हजारको अवस्था भने गम्भीर रहेको तथ्यांकमा उल्लेख छ ।

बितेको २४ घन्टामा करिब  ९ हजार जनाको भाइरस संक्रमणबाट नै मृत्यु  भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै बेलायतमा ४ हजार ४ सय १९ जना रहेका छन ।

त्यस्तै अमेरिकामा १ हजार ७ सय ४३, स्पेनमा ४ सय ५३, इटलीमा ३ सय २३, फ्रान्समा ४ सय २७ र बेल्जियममा १ सय ७० जनाको ज्यान गएको तथ्यांक उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्