विश्वभर कोरोनाबाट ज्यान जानेको संख्या २ लाख ३४ हजार नाघ्यो



एजेन्सी,बैशाख-१९ । कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या २ लाख ३४ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार विश्वभर भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ७४ पुगेको हो । भाइरस संक्रमितको संख्या भने ३३ लाख ७ हजार ६ सय ६६ पुगेको छ।

संक्रमणदर दिनानुदिन वृद्धिको क्रममा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भाइरसबाट मुक्ति पाई उपचारपछि घर फर्किनेको संख्या भने १० लाख ३९ हजार १ सय ७९ जना पुगेको छ। संक्रमितमध्ये ५० हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांक सार्वजनिक भएको छ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ।अमेरिकामा ६३ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २४ हजार ५ सय ४३, इटलीमा २७ हजार ९ सय ६७, बेलायतमा २६ हजार ७ सय ७१, फ्रान्समा २४ हजार ३ सय ७६ र बेल्जियममा ७ हजार ५ सय ९४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्