कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघ्यो



काठमाडौं,बैशाख -२० । विश्वर कोरोना भाइरसको संक्रमणबाट   मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ४ सय जना पुगेको हो ।

भाइरस संक्रमितको संख्या पनि दिनानुदिन वृद्धिको क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । तथ्यांकअनुसार बिश्वभर भाइरस संक्रमितको संख्या    ३३ लाख ९८ हजार ४ सय भन्दा बढी पुगेको छ ।

भाइरस संक्रमितमध्ये १० लाख ८० हजार बढी निको भई घर फर्किसकेका छन् ।भाइरसबाट मृत्यु हुनेको संख्या सबभन्दा बढी अमेरिकामा रहेको छ। कोरोनाले अमेरिकामा ६५ हजार ७ सय ४८ को ज्यान  लिएको  छ भने इटालीमा हालसम्म २८ हजार २ सय ३६ जनाकोे मृत्यु भएको छ ।

त्यसैगरी स्पेनमा कोरोनाले हालसम्म २४ हजार ८ सय २४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा कोरोनाले २७ हजार ५ सय १० को मृत्यु भएको छ ।

त्यस्तै, फ्रान्समा कोरोनाले २४ हजार ५ सय ९४ को ज्यान गएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्