वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजान पहल गर्ने निर्णय



काठमाडौ, बैशाख-२० । नेकपाको केन्द्रीय सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको छ भने आज बसेको बैठकले आगामी बैशाख २५ मा स्थायी कमिटि बैठक बस्ने निर्णय समेत गरेको छ।

त्यस्तै  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट बिगतमा भएका गल्ती तथा कमि कमजोरी हरुको बारेमा आत्माआलोचना गरेका छन् । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

पार्टीभित्र देखिएका विवाद हल गर्दै पार्टी एकतालाई सुदृढ पार्नेबारे पनि आजको बैठकमा सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

फोटो श्रोत:प्रधानमन्त्री प्रेस सल्लाहकार

प्रतिक्रिया दिनुहोस्