विश्वभर कोरोना भाइरसबाट ज्यान जानेको संख्या २ लाख ४८ हजार नाघ्यो



एजेन्सी,बैशाख-२२ । विश्वभर कोरोना भाइरसबाट ज्यान जानेको संख्या २ लाख ४८ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार १ सय ४६ पुगेको हो ।

भाइरस संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ।सन्क्रमितको संख्या बढेर ३५ लाख ६३ हजार ७ सय १५ पुगेको छ ।भाइरसबाट मुक्ति पाई घर फर्कनेको संख्या भने ११ लाख ५३ हजार ८ सय ५४ जना रहेको छ भने उपचाररतमध्ये ५० हजार ४२ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय अभिलेखमा उल्लेख गरिएको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन्।त्यहाँ भाइरसका कारण ६८ हजार ५ सय ९८ जनाको ज्यान गएको छ । त्यस्तै स्पेनमा २५ हजार २ सय ६४, इटलीमा २८ हजार ८ सय ८४, बेलायतमा २८ हजार ४ सय ४६ र फ्रान्समा २४ हजार ८ सय ९५ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्