पिठोसंगै पैसा वितरण गर्ने म होइन – आमिर खान



काठमाडौ,वैशाख-२२ । चर्चित  बलिउड अभिनेता आमिर खानले पिठोमा १५ हजार भारतिय रुपैयाँ राखेर बाढ्ने आफू नभएको स्पष्ट पारेका छन्। उनले सोमबार एक  ट्वीट गर्दै यससम्बन्धी स्पष्ट धारण सार्वजनिक गरेका हुन।

‘म आँटाको प्याकेटमा पैसा राख्ने व्यक्ति होईन। यो या त पुरै गलत कथा हो वा कोहि रोबिनहुड आफुूलाई सार्वजनिक गर्न चाहँदैनन्। सुरक्षित रहनुहोला, माया।’-आमिरले लेखेका छन्।

केहि समयदेखी  सामाजिक संजालमा एक किलो आँटामा १५ हजार भारतीय रुपैयाँ राहतस्वरुप वितरण गरेको भन्दै हङ्गामा मच्चिएको थियो।केहि ब्यक्तिले भने टिकटकमार्फत सो राहत वितरणमा आमिर खानको संलग्नता रहेको दाबी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्