विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघ्यो



काठमाडौं ,वैशाख-२४ । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुगेको हो । भाइरस  संक्रमितको संख्या भने  ३७ लाख २५ हजार ७ सय ७१ पुगेको छ।

पछिल्लो समयमा मृत्युदर र संक्रमणदर ह्वात्तै वृद्धि भएपनी उपचारपछि घर फर्किएकाहरुको संख्या पनि बढेको छ।उपचारपछि निको भएकाको संख्या  १२ लाख ४१ हजार ६ सय ८५ जना  छन् ।भाइरस संक्रमितमध्ये ४९ हजार २ सय ४९ जनाको अवस्था भने गम्भीर प्रकृतिको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

अहिलेसम्म सबैभन्दा धेरै मानिसको ज्यान अमेरिकामा गएको छ।अमेरिकामा मृत्यु हुनेको संख्या  ७२ हजार २ सय ७१ जना पुगेको छ ।

त्यस्तै स्पेनमा २५ हजार ६ सय १३, इटलीमा २९ हजार ३ सय १५, बेलायतमा २९ हजार ४ सय २७ र फ्रान्समा २५ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्