विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख नाघ्यो



एजेन्सी, बैशाख-२८ । विश्वभर महामारीका रूपमा फैलिएको  कोरोना भाइरस  संक्रमितको संख्या ४१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार आइतबार बिहान सम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४१ लाख १ हजार ९ सय ७५  पुगेको हो ।

छिमेकी देश चीनको बुहानबाट फैलिएको  कोरोना हालसम्म २ सय १२ मुलुकमा फैलिसकेको छ । कोरोनाबाट मुक्ति पाई घर फर्किनेको  संख्या भने विश्वभर  १४ लाख ४१ हजार ८ सय ७३ पुगेको छ ।

आइतबार बिहान सम्म विश्वभर  २ लाख ८० हजार ४ सय ७३ जनाको भाइरसका कारण ज्यान गैसकेको छ।

प्रतिक्रिया दिनुहोस्