कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या झण्डै ३ लाख नजिक



एजेन्सी,जेठ-१ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या झण्डै ३ लाख नजिक पुगेको छ।पछिल्लो तथ्यांकअनुसार  संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९७ हजार ७ सय ३९ पुगेको हो। भाइरस संक्रमितको संख्या समेत निरन्तर वृद्धिको क्रममा रहेको छ।पछिल्लो २४ घण्टा यता संक्रमितको संख्या ४४ लाख २५ हजार ४ सय ५१ पुगेको छ । भाइरस संक्रमितमध्ये उपचारपछि घर फर्किएकाको संख्या १६ लाख ५५ हजार ९ सय ९३ जना पुगेको छ  । भाइरसको संक्रमणबाट गम्भीर अवस्थामा रहेकाको संख्या ४५ हजार ९ सय २९ जना रहेको छ ।


अमेरिकामा पछिल्लो २४ घन्टामा  सबैभन्दा धेरै जनाले ज्यान गुमाएका छन ।त्यहाँ १ हजार ७ सय ६७ जनाले ज्यान गुमाईसकेका छन  भने स्पेनमा १ सय ८४ जनाक मृत्यु भैसकेको छ। त्यस्तै  रसियामा ९६ जना, बेलायतमा ४ सय ९४ जना , इटली १ सय ९५ जना, ब्राजिलमा ७ सय ५४ जना, फ्रान्समा ८३, जर्मनीमा १ सय २३ जना, टर्कीमा ५८, इरानमा ५०, भारतमा १ सय ३६ जना, पेरुमा १ सय१२ जना र क्यानडामा १ सय ३३जना जनाको मृत्यु भैसकेको  छ ।

प्रतिक्रिया दिनुहोस्