कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो



एजेन्सी , जेठ-२ । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ४३ पुगेको हो । यो शुक्रबार बिहान सम्मको तथ्यांक हो।

त्यस्तै  कोरोना भाइरस  संक्रमितको संख्या ४५ लाख नाघेको छ । शुक्रबार बिहान सम्म संक्रमितको संख्या ४५ लाख २० हजार ४ सय ४० पुगेको छ । यसैगरि हालसम्म १७ लाख २ सय ६ कोरोना कोरोना संक्रमित उपचार पछि निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्