कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु,१३ हजार संक्रमित



एजेन्सी,जेठ ११ । कोरोना भाइरसको महामारीका कारण १ सय १७ नेपालीको मृत्यु भएको छ। विश्वभर  फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार  साँझसम्म मृत्यु हुने नेपालीको संख्या  ११७ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ। संघका अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा  नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार  र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको हो । एनआरएन  स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६५  गैरआवासीय नेपालीको मृत्यु भएको छ ।  

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८  नेपालीको निधन भएको छ ।भाइरस संक्रमित नेपालीको संख्या भने १३ हजार नाघेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्