कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार नाघ्यो



एजेन्सी,जेठ १७ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार ८ सय ९ पुगेको हो।

भाइरस संक्रमितको संख्या ६० लाख नाघेको छ। श्रोतका अनुसार विश्वभर संक्रमितको संख्या ६० लाख ३० हजार २ सय ९४ पुगेको छ भने भाइरसबाट मुक्ति पाई घर फर्किनेको संख्या भने २६ लाख ५९ हजार २ सय ५० जना पुगेको छ । त्यस्तै ५३ हजार ७ सय ३५ जनाको अवस्था भने गम्भीर रहेको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् ।अमेरिकामा १ लाख ४ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन। त्यस्तै ब्राजिलमा २७ हजार ९ सय ४४, स्पेनमा २७ हजार १ सय २१, बेलायतमा ३८ हजार १ सय ६१, इटलीमा ३३ हजार २ सय २९, फ्रान्समा २८ हजार ७ सय १४ र इरानमा ७ हजार ६ सय ७७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्