देशद्रोहीलाई आन्नद कार्कीको चेतावनी,सिमा मिच्नेलाई छोडिन्न (भिडियो)



काठमाडौ,जेठ २१ । चर्चित गायक आनन्द कार्कीले देशप्रेमले ओतप्रोतयुक्त साङ्गितिक कोशेली बजारमा ल्याएका छन्। गायक कार्कीले  देशको सिमा मिच्नेलाई कुनै हालतमा नछाड्ने प्रतिज्ञासहितको साङ्गितिक भिडियो सार्वजनिक गरेका हुन ।

उक्त राष्ट्रप्रेमले सजिएको गीतमा डा. कृष्णहरि बरालको शब्दरचना र कमल आनन्दको सङ्गीत रहेको छ भने ध्वनि मिश्रण भोला पौडेलले गरेका छन्  l गीतको भिडियोमा विरेन तितुङको सिनेम्याटोग्राफी र चर्चित भिडियो सम्पादक लोकेश भाटको सम्पादन रहेको छ l

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको सो भिडियो Singer Ananda Karki नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

गीतमा प्रत्येक नेपाली आफ्नो देशप्रती आफैमा  बिना वर्दीका सच्चा  पहरेदार भएकाले  देशद्रोही र सिमा मिच्नेहरुलाई कुनै हालतमा छाड्न नहुने दृष्ट्रान्त प्रस्तुत भएको छ।

गीतको भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्