फेसबुक प्रयोगकर्तालाई नयाँ सुविधा थप



एजेन्सी,जेठ २४ । संसारभर सबैभन्दा बढी प्रयोगमा  आएको सामाजिक सञ्जाल फेसबुकले प्रयोग कर्तालाई नयाँ सुविधा थप गरेको छ । नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको हो ।

यस सुविधाको परिक्षण गत अप्रिलदेखि अमेरिका र क्यानडामा फेसबुकले गरेको  थियो । फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको सुझावलाई आधार मान्दै फेसबुकले यो सेवा विश्वव्यापी बनाएको जनाएको छ।

फेसबुकबाट  गुगलमा फोटो सार्नका लागि फेसबुकको सेटिङ्गमा गएर  ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्ने हुन्छ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्नेछ।

फेसबुकका अधिकारीहरुका अनुसार त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुनेछ । फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको उस्ले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्