बितेको २४ घण्टामा विश्वभर १ लाख ३० हजार बढी संक्रमित थपिए



एजेन्सी, जेष्ठ २४ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बितेको २४ घण्टामा बिश्वभर एक लाख ३० हजार बढी संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार एक लाख ३० हजार २ सय ६८ जना नयाँ संक्रमित थपिएका हुन । यही अवधिका क्रममा मृत्यु हुनेको संख्या ४ हजार ९ सय १ जना रहेको छ । यद्यपि मृत्यु हुनेको संख्यामा भने अघिल्लो दिनको तुलनामा कमी आएको तथ्यांकले देखाएको छ ।

संक्रमितमध्ये सबै भन्दा धेरै ब्राजिलमा ३० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । र अमेरीकामा मात्रै २५ हजार बढी संक्रमित थपिएका छन् । त्यस्तै भारतमा ९ हजार र रुसमा ८ हजार बढी संक्रमित थपिएका छन् ।

हाल सम्म विश्वमा कोरोनाका कारण मृतकको संख्या ३ लाख ९७ हजार हजार ४ सय ४१ पुगेको छ भने संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ४४ पुगेको छ । यसै गरी निको हुनेको संख्या ३३ लाख २९ हजार पुगेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार अमेरिका पहिलो रहेको छ भने त्यसपछि ब्राजिल,रुस,स्पेन,बेलायत,भारत,इटाली,पेरु,जर्मनी क्रमशः रहेका छन् । सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ११ हजार ३ सय ८५ पुगेको छ । त्यहाँ संक्रमित १९ लाख ६५ हजार ५ सय ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्