कोरोना संक्रमितको संख्या विश्वभर ७० लाख ८१ हजार नाघ्यो



एजेन्सी,जेठ २६ । कोरोना संक्रमितको संख्या विश्वभर ७० लाख ८१ हजार नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख ८१ हजार ८ सय ११ पुगेको हो ।

त्यस्तै कुल संक्रमितमध्ये हालसम्म ४ लाख ५ हजार २ सय ६९ भन्दा बढीले ज्यान गुमाईसकेका छन । भाइरसबाट मुक्ति पाई घर फर्किनेको संख्या भने ३४ लाख ५६ हजारभन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्