जिन्दगीको अर्को नाम संघर्ष रहेछ – एचके धिताल (अध्यापक/लेखक)



हरेक प्राणी झै मानिस यस धर्तीमा जन्मिएको हुन्छ । जब उस्ले अनवरत संघर्ष गर्दछ तब ऊ एक सफल ब्यक्तिको रुपमा समाजमा कहलिन्छ ।

यस्तै संघर्षबाट आफ्नो छुट्टै छवि बनाउन सफल ब्यक्ति हुन एचके धिताल।उनको वास्तविक नाम हरिकृष्ण धिताल भएपनि साहित्य क्षेत्रमा उनी एचके धितालका नामले परिचीत छन् ।

विक्रम संवत २०३३ साल माघ ९ गते बुबा शिव प्रसाद धिताल तथा माता बछलादेबी धितालको कोखबाट यस धर्तिमा पाइला टेकेका हरिकृष्ण धिताल अहिले पछिल्लो क्रममा उत्कृष्ट साहित्यकारका रुपमा परिचित छन त्यति मात्रै कहाँ हो र? काठमाडौस्थित टोखा नगरपालिका वडा नम्बर १ मा रहेको झोरमहाँकाल विद्यालयका प्रधानाध्यापक समेत रहेका छन उनी।

उनको यो पहिचान हेर्दा सहज लागेपनि यसभित्र धेरै संघर्षको कहानी रहेको उनी बताउँछन् । स्नातकसम्मको शैक्षिक योग्यता हासिल गरेका धितालको जन्मथलो भने टोखा झोर रहेको छ। झोरदेखि शहरसम्मको यात्रामा धेरैजसो अभाव र संघर्षपुर्ण जीवन व्यतीत गर्नुपरेको तितो अनुभव पनि छ उनीसंग । यद्यपि हासेर जिउँने कला छ ।

उनिद्वारा रचित झण्डै ५ सय बढीको संख्यामा मुक्तक रहेका छन् । सर्जक धितालबाट लेखिएका गीतहरू नेपालका चर्चित गायक शिव परियार,सत्यराज आचार्य लगायतका गायकको समेत स्वरमा सुन्न सकिन्छ।दुई दर्जन बढी गीत बजारमा आईसकेको उनको खुल्ला चौर भयो मेरो जिन्दगी…..अहिलेसम्म उस्तै चर्चामा रहेको छ।

अक्सर मुक्तक र गजलमा रमाउने सर्जक धितालका सहयात्रा संयुक्त मुक्तक सङ्ग्रहमा तीन दर्जन मुक्तक,नेपाल मुक्तक प्रतिस्ठानबाट प्रकाशित संयुक्त मुक्तक सङ्ग्रह माधुर्यमा समेत मुक्तक प्रकाशित भैसकेका छन। नेपाल प्रहरिको द्वैमासिक प्रकाशन”प्रहरी”मा मुक्तक प्रकाशित गरेर त उनले राम्रो पारिश्रमिक समेत हात परेका छन।

विक्रम संवत २०६५ देखि गीत रचना तथा साहित्य रचनामा लागेका सर्जक धिताल ले २०७१ सालबाट भने मुक्तक लेखनमा सक्रिय रहेका छन। शिवपुरी साहित्य समाजको विशिष्ट सदस्य,गीतकार संघ नेपालको आजिबन सदस्य , पुरस्कार तथा सम्मान :नेपाल म्युजिक अवार्ड २०७५ मा उत्कृष्ट ५ औमा मनोनयन,सगरमाथा म्युजिक अवार्ड २०७५ मा उत्कृष्ट ५ औमा पर्न सफल भएका छन् ।

सर्जक धितालका विभिन्न पत्रपत्रिकामा फुट्कर गीत तथा मुक्तक समेत प्रकाशित भैसकेका छन ।

[email protected]

सर्जक तथा प्राध्यापक एचके धितालसंगको कुराकानी हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्