कोरोनाका कारण भारतमा एकैदिन २ हजार बढीको मृत्यु



एजेन्सी,असार ३ । कोरोनाका कारण भारतमा एकैदिन २ हजार बढीको मृत्यु भएको भारतस्थित नवभारत टाईम्सले जनाएको छ। छिमेकी मुलुक भारतमा कोरोना फैलन शुरु भए देखि यताकै धेरै संख्यामा  पहिलो पटक एकै दिन २ हजार बढीको मृत्यु भएको हो ।

नवभारत टाईम्सका अनुसार एकै दिन २४ घण्टामा दुई हजार तीन जनाको मृत्यु भएको छ । यो सगँै भारतमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ ।

यस्तै संक्रमित पनि एकै दिन करीब ११ हजार थपिएको जनाईएको छ । भारतमा कुल संक्रमित ३ लाख ५४ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्