विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो



एजेन्सी,असार ८ । कोरोना संक्रमितको संख्या विश्वभर  ९० लाख नाघेको छ। सोमबार बिहानसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार ३ सय ९५ पुगेको हो ।

संक्रमितमध्ये उपचारपछि निको भइ घर फर्किनेको संख्या ४७ लाख ९६ हजार ८ सय ३७ पुगेको छ । त्यस्तै उपचारका क्रममा ३७ लाख ७१ हजार ५  सय १० जना रहेको तथ्यांक सार्वजनिक भएको छ।

बितेको २४ घण्टामा विश्वभर कोरोनाका १ लाख २९ हजार तीन सय ९५ संक्रमित थपिएका छन्। संक्रमणको कारण गएको २४ घण्टामा विश्वभर ३ हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन्। हालसम्म विश्वभर ४ लाख ६९ हजार ६ सय ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्