कोरोनाका कारण भारतमा एकैदिन ६५३ को ज्यान गयो



एजेन्सी,असार १० । कोरोनाका कारण भारतमा बितेको २४ घण्टामा ६ सय ५३ जनाको ज्यान गएको छ भने अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित भेटिएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन।

अहिलेसम्म भारतमा कोरोना संक्रमित ४ लाख ५६ हजार १ सय १५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ३७ जना संक्रमितलाई निको भएको छ । अहिलेसम्म निको हुनेहरु २ लाख ५८ हजार ५ सय ७४ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ४६८ जनाको ज्यान गएको छ । यो संख्या दोस्रो उच्च हो । गत हप्ता भने एकैदिन २ हजार ४ जनाको ज्यान गएको थियो । मृतकको संख्या अहिलेसम्म १४ हजार ४ सय ८३ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ३ हजार २ सय १४ जना संक्रमित थपिएर १ लाख ३९ हजार १० जना पुगेका छन् । मृतक एकैदिन २४८ थपिएका छन् । जम्मा मृतक ६ हजार ५ सय ३१ पुगेका छन् ।

दिल्लीमा सबैभन्दा बढी ३ हजार ९ सय ४७ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ६६ हजार ६ सय २ जना पुगेका छन् । मृतक ६८ थपिएर २ हजार ३ सय १ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्