१६ वर्षीया भारतीय  टिकटक स्टारले गरिन आत्महत्या



एजेन्सी,असार १२ । १६ वर्षीया भारतीय टिकटक स्टार सिया कक्करले बिहीबार आत्महत्या गरेकी छिन्।

आत्महत्या बारे अहिलेसम्‍म केहि खुल्न नसके तापनि आत्महत्याबारे प्रहरीले विशेष  अनुसन्धान अगाडि बढाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिया दिल्लीमा बस्दै आएकी थिइन्।

भारतीय सञ्‍चार माध्‍यमका अनुसार सियाले आत्महत्याको एकरात पहिले आफ्नो म्यासेन्जरमा अर्जुन सरिनसँग कुरा गरेकी थिइन्। अर्जुनका अनुसार उनले सियाको एउटा गीतको बारेमा कुरा गरेकी थिइन्।

अर्जुनले भनेका छन्, ‘सिया त्यो समय राम्रैसँग कुरा गरिरहेकी थिइन्। साथै उनी कति पनि आत्तिएकी थिइनन्।’ अर्जुनले आफू पनि सियाले किन आत्महत्या गरिन् भन्नेबारे आश्चर्यमा परेको बताएका छन्।

सियाले आत्महत्या गर्नु केही घण्टाअघि आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो डान्स भिडियो शेयर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्