भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु



भारत,असार १२ । भारतस्थित  बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका परेको चट्याङ लागेर बिहारका बिभिन्न जिल्लामा गरी ८३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

चट्याङ लागेर कयौं मानिसहरु घाइते भएको भारतको आपत्कालीन प्रबन्धन विभागले जनाएको छ ।

चट्याङ लागेर उत्तर प्रदेशमा पनि ९ जनाको मृत्यु भएको जनाइएको छ । भारतको बिहारका २३ जिल्लामा चट्याङ परेको जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्