विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो



एजेन्सी,असार १४ । विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८ सय १४ पुगेको वोर्ल्डोमिटरले जनाएको छ ।

त्यस्तै  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ५ लाख नाघेको छ । अहिलेसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ६ सय ८ पुगेको हो ।

त्यस्तै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ५४ लाख ५१ हजार ९ सय ८४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्