कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार नाघ्यो



एजेन्सी,असार १९ । अमेरिकामा बितेको २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३२ जना पुगेको छ ।

यस तथ्यांकसंगै अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३१ हजार नाघेको हो । पछिल्लो तथ्यांकमा कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ४ सय १७ जना देखाएको छ ।

त्यस्तै बितेको  २४ घण्टामा अमेरिकामा संक्रमण दर पनि वृद्धि भएको पाइएको छ । तथ्यांकअनुसार हालै ५५ हजार ५ सय ५६ जना नयाँ  संक्रमित थपिएको पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको कुल संख्या २८ लाख ३३ हजार ६ सय ८६ पुगेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म ११ लाख ८८ हजार ३ सय ७५ जनाले कोरोना संक्रमणबाट मुक्ति पाई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्