विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ११ लाख नाघ्यो



एजेन्सी, असार २० । विश्वभर कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ।पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ११ लाख नाघेको छ । शनिबार बिहानको अपडेट अनुसार विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ९१ हजार ६ सय ८१ पुगेको हो ।

त्यस्तै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या विश्वमा ५ लाख २९ हजार नाघेको छ। पछिल्लो अपडेट अनुसार विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २९ हजार १ सय २७ रहेको छ ।

यसैगरी विश्वभर कोरोना संक्रमण मुक्त भइ घर फर्किनेको संख्या ६३ लाख ३० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्