भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ७ सय नाघ्यो



एजेन्सी,असार २२ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ७ सय नाघेको छ ।

बितेको २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप ४ सय २१ जनाको मृत्यु भएसंगै कुल मृत्यु हुनेको संख्या  १९ हजार ७ सय नाघेको हो । भारतमा बितेको २४ घण्टामा नयाँ संक्रमितको संख्या भने थप २३ हजार ९ सय ३२ जना थपिएका हुन् ।

योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ । भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्