‘बालबालिका स्थितिपत्र’ विमोचित



कास्की । पोखरा महानगरपालिका –९ मा भएका बालबालिकाको अवस्था समेटिएको पुस्तक ‘बालबालिका स्थितिपत्र’ विमोचन गरिएको छ ।
बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा नम्बर ९ ले प्रकाशन गरेको पुस्तकको महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले सोमबार विमोचन गरे ।

कार्यक्रममा महानगर प्रमुख जिसीले प्रत्येक अभिभावकले आफ्नो घरमा बालमैत्री वातावरण बनाउनुपर्ने बताउँदै अभिभावकको आनीबानी र आचरणलाई बालबालिकाले पछ्याउने हुँदा तिनसँग राम्रो व्यवहार गर्नुपर्ने जोड दिए । महानगर उपप्रमुख गुरुङले बालबालिका राष्ट्रको भविष्य भएकाले बालबालिकालाई सही तरिकाले लगानी गरे मात्र त्यसको प्रतिफल राम्रो आउने बताइन् ।

वडाध्यक्ष लामिछानेले बालबालिकाको स्थितिपत्रले बालबालिकासम्बन्धी नीति र योजना बनाउन सहयोग पुग्ने बताए । बालबालिकासम्बन्धी ४३ सूचकाङ्कलाई समावेश गरेर पुस्तक प्रकाशन गरिएको सम्पादक भावना श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्