संचारकर्मीको कोरोना र सीमा गीत



साझापथ संवाददाता

काठमाडौं । सञ्चारकर्मी तथा गायिका सरिता भारतीले कोरोना कहर र सीमा अतिक्रमणको विषय समेट्दै नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘देशै रोयो कोरोनाले…’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।

भारतले कालापानी लगायत मुलुकको विभिन्न भुभागमा गरेको सीमा अतिक्रमणप्रतिको चिन्तादेखि बाढी पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपसम्मको सन्दर्भ समेटिएको गीतमा सरितालाई चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले पनि स्वरमा साथ दिएका छन् ।

सागर प्रधानको लेखन तथा संगीत रहेको गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले अभिनय गरेका छन् । यी दुईसँगै विभिन्न २० कलाकार पनि भिडियोमा देखिएका छन् । ‘लकडाउनको बेला केही सिर्जनात्मक र चेतनामुलक प्रयास गरेका हौं’, भारतीले भनिन् ।

यसअघि आधुनिक, लोक, पप जान्राका एक दर्जन गीत बजारमा ल्याईसकेकी गायिका सरिताले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताइन् । शम्भुजीत बासकोटाको संगीत रहेको आफ्नो एकल नया“ गीत पनि रेकर्ड भइसकेको र छिट्टै रिलिज गर्ने तयारीमा रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्