ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण



एजेन्सी, असार २४ । ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण भएको छ। बोलसोनारोले शुरुमा कोरोना संक्रमण फैलन सुरु भएयता कोरोना एक सामान्य फ्लु भएको र यसबाट अलि अलि मान्छे मर्ने जस्ता अभिव्यक्ति दिदै आएका थिए । कोरोना सामान्य हो भनेर हेलचेक्रयाई गरेका ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो अन्ततः आफै कोरोना संक्रमित भएका हुन ।

उनको शरीरमा तापक्रम बढे पछि चौथो पटक गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ पाईएको टेलिभिजन संवोधनका क्रममा बताएका छन् ।

उनले ११ मार्चमा आफूले अहिले सम्म देखे अनुसार कोरोनाले भन्दा फ्लुले धेरै मान्छे मरेको भन्दै यसलाई सामान्य भनेका थिए ।

अहिले ब्राजिलमा अमेरीका पछि विश्वमै सबै भन्दा धेरै कोरोना संक्रमित रहेको देशको रुपमा तथ्यांक सार्वजनिक भएको छ।त्यहाँ १६ लाख ६८ हजार बढी संक्रमित भएका छन् भने ६६ हजार ५ सय बढीको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्