मन्त्रिपरिषद् बैठक सकिनसाथ आइभरीकोस्टका प्रधानमन्त्रीको निधन



काठमाडौं २५ असार । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ वर्षको निधन भएको छ । मन्त्रिपरिषद् बैठक आब्हान गरेका उनको बैठक सकिने बितिकै निधन भएको हो ।

मन्त्रिपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावाली बैठकलगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्