‘अमेरिकासँग उत्तर कोरियाको वार्ता हुँदैन’



उत्तर कोरिया २६ असार । उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन् । उनले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वार्ताको कुनै अर्थ नहुने बताएकी हुन् । उनको यो भनाइपछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्को वार्ताको कुनै काम नरहेको बताएकी हुन् ।

उनले अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो र यस्तो प्रयोगबिहीन वार्ता गर्न पनि नहुने उनले बताएकी समाचारमा जनाइएको छ । उनले यी दुइ देशले वार्तामा बसेर निश्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक हो भनेको सो समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्