कोरोना कहर : भारतमा संक्रमित ८ लाख, मृत्यु २२ हजार



भारत,असार २७ । छिमेकी मुलुक भारतमा बितेको २४  घण्टामा कोरोनाका कारण  ५ सय १९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । यससँगै भारतमा कुल मृत्यु हुनेको संख्या २२ हजार १सय २३ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा २७ हजार १सय १४ जना संक्रमित पुष्टि भएको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या एकै दिन संक्रमित भएको अहिलेसम्मकै अधिक संख्या  हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८ लाख २० हजार ९ सय १६ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भारतमा अहिलेसम्म ५ लाख १५ हजार ३ सय ८६ जना संक्रमित निको भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्