अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण,अस्पताल भर्ना



भारत,असार २८ । चर्चित भारतीय सिने जगतका अभिनेता अमिताभ वच्चनलाई कोरोना संक्रमण पाइएको छ। आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत अमिताभ स्वयंले शनिबार राति जानकारी गराएका हुन्।

उनले आफ्ना शुभेच्छुकलाई आफू संक्रमित भएको पुष्टि भएसंगै अस्पतालको आइसोलेसनमा बसेको जानकारी गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनले आफ्नो परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परीक्षण भएको र नतिजा पर्खिरहेको जानकारी पनि गराएका छन्।

उनले पछिल्लो दस दिनमा आफूसँग भेटेकाहरुलाई पनि संक्रमणको परीक्षण गर्न आग्रह गरेका छन्। ७७ वर्षीय यी भारतीय सुपरस्टारले पछिल्लो ५० वर्षमा सयौँ सिनेमाहरुमा काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्