कोरोनाको श्रोत खोजी गर्दै चीन पुग्यो डब्लुएचओको टोली



काठमाडौं २९ असार । कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नीले सोमबार पुष्टि गरेका छन् ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिए ।

धेरै ठाउँमा धेरै चरणबाट कोरोनाभाइरसको विकास भएकाले उनीहरु आवश्यकता अनुसार अन्य देशहरुमा पनि जानसक्ने उनले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्