विश्‍व बाल कविता महोत्सवमा नुवाकोट पञ्‍चकन्याका भण्डारी पाँचौं



साझा पथ संवाददाता

घलेभन्ज्याङ २९ असार । विश्‍व बाल कविता महोत्सवमा पञ्‍चकन्या गाउँपालिका ४ नुवाकोटका मनोहर भण्डारी पाँचौंले पाँचौं स्थान हासिल गरेका छन् ।

२०७औं भानु जयन्तीको अवसरमा सोमबार प्रकाशित नतिजाअनुसार भण्डारी पाँचौं हुन सफल भएका हुन् । उनले ‘मैनाचरी’ शीर्षकको कवितासहित प्रतिस्पर्धामा उत्रेका थिए । पाँचौं स्थान ल्याएका भण्डारीले ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । उनी कक्षा दसमा अध्ययनरत छन् ।

शैली थिएटर र संस्थागत विद्यालय संघ, नेपाल (इसान) को सहकार्यमा कविता महोत्सव आयोजना गरिएको हो । निर्णायकमा कवि, लेखक, समालोचक महेश पौड्याल, आख्यानकार निलम कार्की निहारिका र कवि शकुन्तला जोशी थिएन् ।

नतिजाअनुसार
प्रथम : प्रश्ना सुवेदी (रु. १०,०००)
द्वितीय : पल्पसा काफ्ले (रु. ८,०००)
तृतीय : अर्चित बाबू मर्सिफुल (रु. ६,०००)
चौथो : चिराग तिमल्सिना (रु. ४,०००)
पाँचौ : मनोहर भण्डारी (रु. ३,०००)

प्रतिक्रिया दिनुहोस्