ओली-दाहाल भेटवार्ता,छलफल नियमित गर्ने सहमति



काठमाडौ,असार ३० ।प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ।भेटवार्तामा असमझदारीलाई टुंगो लगाउन छलफललाई निरन्तरता दिने सहमति समेत भएको श्रोतले जनाएको छ  ।

प्रधानमन्त्री र पार्टीका अर्का अध्यक्ष प्रचण्ड बीच प्रधानमन्त्री निवास बालुवाटारमा ६ दिनपछि भएको भेटवार्ता छलफलबाटै निकास दिने कुरामा समझदारी गरिने दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले सञ्चारमाध्यमलाई जानकारी दिए ।

असार २४ यता दुई अध्यक्षबीच  भेटवार्ता भएको थिएन भने बुधबार साँझको संवाद तनावग्रस्त भएको थियो । फुटको संघारमा पुगेको नेकपामा दुई अध्यक्षबीच भेटवार्ताले निरन्तरता पाइरहेपनि सहमति भने हुन सकेको छैन ।

सचिवालयदेखि स्थायी कमिटी बैठकसम्म प्रधानमन्त्री र पार्टी अध्यक्षको पद त्याग्न ओलीमाथि दबाब बढेपछि साउन २ गतेसम्म स्थायी कमिटी बैठक नै स्थगित गरिएको छ ।

दाहाल–माधव नेपाल पक्ष ओलीको राजीनामा मागिरहँदा ओलीले भने पद त्याग्ने कुनै सम्भावना नरहेको भन्दै यसमा प्रयास नै नगर्न भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्