‘हाम्रो गीत’सार्वजनिक



काठमाडौं ३० असार । डिएआर मुभिजले ‘हाम्रो गीत’ दोहोरि गीत सार्वजनिक गरेको छ । गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, विवेक चौलागाईं र माही बडुको पार्श्व स्वर रहेको छ ।

जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन् भने गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुँवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माही बडु, स्मृति शाही, दिपक कार्की, लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानी र साथमा साथिहरुको अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईंको उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी र यमुना पाण्डेको श्रृंगार रहेको छ । विष्णु खड्काले भिडियोको सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्