भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या २४ हजार नाघ्यो



एजेन्सी,असार ३१ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २४ हजार  नाघेको छ ।

बितेको  २४ घण्टामा भारतमा कोरोनाका कारण  ५ सय ८८ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या २४ हजार ३ सय १५ पुगेको हो ।

त्यस्तै भारतमा बितेको २४ घण्टामा २९ हजार ८ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । यससंगै त्यहाँ संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ ।

हालसम्म कोरोना संक्रमितमध्ये ५ लाख ९३ हजार ८० जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्