निर्देशक होम धिताल र नायिका प्रिया रिजालको अभिनयमा ‘राष्ट्रघाती फेसन’



काठमाडौ,असार ३१। चर्चित निर्देशक होम धिताल र नायिका प्रिया रिजालको अभिनयमा ‘राष्ट्रघाती फेसन’ तीज गीत सार्वजनिक भएको छ। धिताल फिल्मस् प्रालिको प्रस्तुति रहेको  सन्देशमुलक यस तीज गीत ‘राष्ट्रघाती फेसन’मा चर्चित गायिका  राधिका हमाल र भिम कुसारीको स्वर रहेको छ।

देशको विद्यमान सिमा विवादलाई चट्ट पारेर लय/शब्दः भिम कुसारीले नै प्रदान गरेका छन । नक्सामा मात्रै नभई भूमिमा समेत नेपालीले आधिपत्य जमाउन पाउनुपर्ने दृष्टान्त यस गीतमा पाउन सकिन्छ।

गीत रेकर्डिष्ट तथा मिक्सिङः कृष्ण पुनको रहेको छ भने निर्देशन चर्चित निर्देशक होम धितालको रहेको छ। मरुभूमि नारायणको छायांकन रहेको यस गीतमा भिडियो सम्पादनमा सानै उमेरदेखि ख्याती कमाएका भिडियो सम्पादक रोशन धितालले भिडियो सम्पादन गरेका छन् ।

अभिनयमा मोडलद्वय प्रिया रिजाल र होम धिताललाई बाल कलाकार प्रितिस रिजाल र दिरोना एन्जल भाटले साथ दिदै गीतलाई थप रोमान्चक प्रदान गरेका छन्।

धिताल फिल्मस् प्रालिको अफिसियल युट्युब च्यानल मार्फत गीतको अडियो भिडियो सार्वजनिक भएको यस गीतलाई दर्शक श्रोताले उत्कृष्ट गीत भन्दै प्रतिक्रिया दिइरहेका छन ।

गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्