तनहुँका रानामगरले पाए राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार



पोखरा । तनहुँका पत्रकार प्रताप रानामगर ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित भएका छन् । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कार नेपाल मगर पत्रकार संघ, कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा पत्रकार रानामगरलाई प्रदान गरिएको हो ।

पुरस्कारको राशी १० हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ । कान्तिपुर टेलिभिजनका तनहुँ सम्वाददाता रहेका रानामगर नेपाल मगर पत्रकार संघ, गण्डकी प्रदेशको संयोजक, नेपाल पत्रकार महासंघ, तनहुँ शाखाको कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), तनहुँ शाखाको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्