सोमालियामा अल–शबाबका ७ लडाकू मारिए



मोगादिशु, साउन ४ । अफ्रिकी मुलुक सोमालियाको सेनाले गरेको कारबाहीमा इस्लामिक विद्रोही समूह अल–शबाबका छ जना लडाकूको मृत्यु भएको छ । सेनाका एक कमान्डर अडेन मोहमद इब्राहिमका अनुसार ती लडाकूहरु किस्मायो प्रान्तको बाहिरी इलाकामा भएको सैनिक कारबाहीमा मारिएका हुन् ।

इब्राहिमले कोबान र बुला हाजी गाउँमा सेना र विद्रोहीबीच भिषण संघर्ष भएको पनि बताउनुभयो । सैन्य कारबाहीका क्रममा धेरै वटा गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको र ठूलो परिमाणमा हातहतियार बरामद भएको उहाँले दाबी गर्नुभयो ।

गत जुलाई १२ मा पनि बे क्षेत्रको दक्षिणी भागमा सेनाले गरेको अर्को कारबाहीमा सात जना अल–शबाबका लडाकू मारिएका थिए भने केही घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्