साहित्यिक संस्था तामाङ डाजाङको सिन्धुलीमा पनि शाखा



सिन्धुली ४ साउन । तामाङ साहित्यिक संस्था तामाङ डाजाङको सिन्धुली जिल्ला शाखा विस्तार भएको छ । कमलामाई नगरपालिका–२ खट्टारमा आइतबार अमृत बम्जनको अध्यक्षतामा पहिलो जिल्ला शाखा गठन गरेको हो ।

५ सदस्यीय सल्लाहकारसहित १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यक्रममा डाजाङको केन्द्रीय अध्यक्ष फूलकुमार बम्जन प्रमुख अतिथि थिए ।

शाखाको उपाध्यक्ष मंगद स्याङ्तान, सचिव चन्द्रमान बम्जन, सहसचिव फूलकुमार बम्जन र कोषाध्यक्षमा सुमित्रा बम्जनलाई चयन गरेका छन् । त्यस्तै सदस्यहरुमा मंगलसिं गोले, शुक्रमाया बम्जन, संगीता बम्जन, मंगलसिं मोक्तान, दलबहादुर बम्जन, ज्ञानबहादुर बम्जनलगायत छन् । सल्लाहकारमा जंगबहादुर बम्जन, मानबहादुर गोले, नवराज बोम्जन, शन्तमाया थिङ र दानबहादुर बम्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्