कोरोना भाइरसबाट ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु : विश्‍व स्वास्थ्य संगठन



जेनेभा । विश्‍व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको कारण विश्व‍मा ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । उक्त संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोनामुक्त भएका छन् ।

विश्वभरमा ५२ लाख ९९ हजार ८९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

  • संयुक्त राज्य अमेरिकामा ३८ लाख ९८ हजार ५५० संक्रमित, १ लाख ४३ हजार २८९ मृत्यु
  • दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ७४३ जना संक्रमित, १ लाख १७ हजार ९३६ मृत्यु
  • उत्तर अमेरिकामा ४५ लाख ७० हजार १८९ जना संक्रमित, १ लाख ९६ हजार ६२२ मृत्यु
  • युरोपमा २६ लाख ५४ हजार ४६२ जना संक्रमित, १ लाख ९८ हजार ८०२ मृत्यु
  • एसिया ३४ लाख १ हजार २२१ जना संक्रमित, ७९ हजार ९६३ मृत्यु
  • अफ्रिकामा ७ लाख २४ हजार ७०२ जना संक्रमित, १५ हजार २०२ मृत्यु
  • ओसियानामा १३ हजार ७५० जना संक्रमित, १४५ मृत्यु

प्रतिक्रिया दिनुहोस्